माघ ५ राेल्पा – त्रिवेणी गाउँपालिका राेल्पाकाे आयाेजना र महिला बालबालिका तथा जेष्ठ नागरिक इकाई शाखाको समन्वयमा आज वडा न ३ लिङदुङमा जेष्ठ नागरिक परिचय पत्र र अपांगता परिचय पत्र वितरण तथा राजश्व संकलन घुम्ती शिविर कार्यक्रम सम्पन्न भएकाे छ। त्रिवेणी गाउँपालिका वडा न ३ मा १६० जना र २ जना अपांगहरुले परिचय पत्र लिएका छन्।

जनहितकाे लागि जारी सन्देश

एक दिने जेष्ठ नागरिक परिचय पत्र तथा अपांग परिचय पत्र वितरण घुम्ती शिविर कार्यक्रममा १६० जना जेष्ठ नागरिक र २ जना अपांग ब्यक्तिहरुले परिचय पत्र लिएको प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले जानकारी दिनुभएकाे छ।
त्यस्तै वडा न ३काे वडा कार्यालय लिङदुङमा भएकाे कार्यक्रममा ६० बर्ष देखि माथिका जेष्ठ नागरिक तथा अपांग भएका ब्यक्तिहरुले परिचय पत्र पाएकाे महिला बालबालिका तथा जेष्ठ नागरिक इकाईका प्रमुख हिरा बुढाले जानकारी दिनु भएकाे छ

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार