माघ ४ राेल्पा – जिल्लाकाे गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव करिब डेढ महिना यता सम्पर्क बिहिन भएका छन।

जनहितकाे लागि जारी सन्देश

गत मंसिर १८ गते शुक्रबारका दिन घर जाने भन्दै दुईदिने घर बिदा लिएर २१ गते साेमबार कार्यालयमा उपस्थित हुनेगरि गएका यादव अहिले सम्म फर्किएका छैनन भने उनकाे माेबाइल पनि अफ हुदा अहिलेसम्म गाउँपालिका तथा पालिकाकाे कुनैपनि कर्मचारीकाे सम्पर्कमा आएकाा छैनन्। उनिकाे घरमा दाजुभाइ बिचकाे अंशबन्डाकाे जरुरी कामकाे बहानामा गएकाे गाउँपालिका स्राेतले बताएको छ।

यता गाउँपालिकाले यादव सम्पर्क बिहिन भएको जानकारी जिल्ला प्रशासन कार्यालय राेल्पालाई पनि गराईसकेकाे छ। तत्काल सेवामा कुनै प्रभाव नहाेस भनेर मंसिर २१ गते यादव कार्यालयमा उपस्थित नभए पछि र सम्पर्कमा नआए पछि कार्यपालिकाकाे बैठक बसि उनलाई हटाएर प्रशासन समुहका छैटौं अधिकृतकाे रुपमा कार्यरत शालिकराम बस्नेतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिएकाे छ। तर अहिलेसम्म गाउँपालिकाबाट याेजना सम्झौता,भुक्तानी लगायतका कामहरु भने नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार