माघ ३ राेल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली र रामबहादुर थापा बादल पक्षकाे जिल्ला कमिटी बैठक आज सदरमुकाम लिबाङमा बस्दैछ।

जनहितकाे लागि जारी सन्देश

बिहान ११ बजेदेखी लिबाङस्थित हेरिटेज हाेटेलमा बस्ने जिल्ला कमिटीकाे बैठकलाई पार्टीका केन्द्रीय सदस्य गाेकुल घर्ती, पार्टी केन्द्रीय सदस्य तथा नेकपा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, केन्द्रीय सदस्यहरु कुमार दशाैदी, शान्त कुमार ओली, बालाराम बुढालगायतले सम्बाेधन गर्ने नेकपा केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिनुभयाे।

बैठकमा पार्टीभित्रकाे समसामयिक सन्दर्भका सम्बन्धमा कमिटीभित्र व्यापक छलफल गरी जिल्ला र स्थानीय स्तरकाे रिपोर्टिङ लिईनुका साथै राेल्पा जिल्लामा पार्टी गतिविधिलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा बैठकले रणनीतिक याेजना बनाउदै गाउँ अभियानकाे कार्यक्रम तय गरिने नेतृ जिएमले जानकारी गराउनुभएको छ।

पाैष ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछी उत्पन्न भएकाे नेकपा भित्रकाे बिबाद केन्द्र हुँदै जिल्ला र स्थानीय स्तरमै प्रस्ट देखिनुका साथै छुट्टाछुट्टै भेला तथा सभाहरु सञ्चालन हुँदै आएका छन्। राेल्पामा पनि प्रचण्ड-माधब समुहले विभिन्न कार्यक्रम सभाहरुका साथै पाैष १४ गते जिल्ला कमिटिकाे बैठक बसि गाउँ अभियान जारी राखेकाे छ, भने ओली-बादल पक्षले सुलिचाैर, जुगार लगायतका स्थानमा कार्यक्रम गर्नुका साथै आज जिल्ला बैठककाे आयाेजना गरेकाले ओली समुहकाे याे बैठकलाई महत्त्वपूर्ण बैठककाे रुपमा हेरिएकाे छ।

बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल गरिने, जिल्ला तथा स्थानीय तहको पार्टी अवस्थाबारे जानकारी लिइने र रोल्पा जिल्लामा पार्टी गतिविधिलाई कसरी अघि बढाउने सम्बन्धमा बैठकले रणनीतिक तय गर्ने केन्द्रीय सदस्य ईश्वरी जिएमले बताउनुभयो।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार