पुस २४ कैलाली  – प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बाेधन गर्ने सभाबाट टि-सट लगाएकाे आराेपमा सात जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ओेली संसद विघटन पछि पहिलाेे पटक उपत्यका बाहिरकाे सभालाई सम्बाेधन गर्न धनगढी पुगेका हुन।

जनहितकाे लागि जारी सन्देश

जिल्ला सदरमुकाम धनगढी खुल्लामञ्चबाट पक्राउ पर्नेमा धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेश प्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए।

तस्बिर: सामाजिक संजालबाट

ती युवाले ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सभामा आएपछि प्रधानमन्त्रीकाे विरोधकाे महशुस हुने ती युवाहरुकाे सुरक्षाको लागि पनि नियन्त्रणमा लिनु परेकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेको हुदा केही साेधपुछ गरेर छाेडन सकिने डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार