पुस २१ काठमाण्डौ- केही दिन यता मौसम परिवर्तन देखिए संगै वातावरण प्रदुषण पनि बढदै गएको देखिन्छ। नेपालका काठमाडौ उपत्यका,नेपालगन्ज, विराटनगर लगायतका शहरहरुमा यसकाे बढि प्रभाव परेकाे छ।

जनहितकाे लागि जारी सन्देश

शनिवार सूदुरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुका कारण देशका विभिन्न भाग धुम्म रहेको र बिहीवार सम्ममा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अहिले काठमाडौ उपत्यकामा वायु प्रदूषण उच्च साेमबार देखि भएको वातावरण विद्हरू बताउछन। स्वास्थ्यमा पर्ने असर कम होस् भनेर विशेष ख्याल गर्नुपर्ने सुझायका छन। वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) अनुसार सोमवार राति काठमाण्डौ सहित विश्वका विभिन्न पचास शहरमा मापन गर्दा काठमाडौमा सबै भन्दा बढि वायु प्रदूषण देखिएको छ। सोमवार साँझ ७ बजेतिर काठमाण्डौ उपत्यका भित्र रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो।

याे मापनले देखाएको नतिजा अनुसार काठमाण्डौको वायु प्रदूषण मापदण्डभन्दा झन्डै पाँचगुणा खराब छ। वायु प्रदूषण धूमपानभन्दा खतरनाक र मापन अनुसार देखाएको उक्त अङ्कले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउने वातावरणविद् भूषण तुलाधर बताउँछन्। याे अवस्थामा केेेेहि सुधार आएपनि छिट्टै सामान्य अवस्थामा फर्कन नसक्ने पनिि वातावरण विद तुलाधरले बताए। तर वन तथा वातावरण मन्त्रालयको वेबसाइट अनुसार मङ्गलवार काठमाण्डूको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा एक्यूआई ३०० भन्दा बढी नै देखिए संगै मन्त्रालयले सुधार भयकाे दाबी गरेकाे छ।

वायु गुणस्तरको व्यवस्थापनका भनेर पुर्व याेजना बनाउनकै लागि भनेर सरकारले गत वर्ष माघमा काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो। तर अहिलेसम्म उक्त कार्ययाेजना अनुरुप कुनै सुचना र काम कार्वाही सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार