पुस २० काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी दाहालकाे उपचारकाे लागि भारत जाने तयारीमा छन।

जनहितकाे लागि जारी सन्देश

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्। दिनप्रतिदिन अवस्था बिग्रदै गएकाले भारतकाे मुम्बई लिन लागिएको प्रचण्ड सचिवालयले बताएको छ।

उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने छन । फेरि आज पनि प्रचण्ड-नेपाल समुहकाे बैठक पनि बस्दैै छ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार