पुष १३ संखुवासभा – चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द `विप्लव´ समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार दाेहाेराे भिडन्त भएको छ।

जनहितकाे लागि जारी सन्देश

दिउँसो करिब ३ बजेदेखि चन्द समूहका कार्यकर्ता र प्रहरीबीच भिडन्तमा मानवीय क्षति नभएको र अरु
बाकि विषय अनुसन्धानमै रहेकाले खुलाउन नमिल्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

चन्द समुहकाा जिल्ला इन्चार्ज उत्तरकुमार युवराज राई `उत्तरकुमार´ सहित ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई देख्न बितिकै उनीहरूले आक्रमण सुरु गरेपछि जवाफी स्वरुप प्ररीले गोली चलाएको थियो।

चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएपछि सबै जङगलतिर भागेका छन। घटनास्थलबाट प्रहरीले विस्फोटक सामग्री बरामद गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। साेहि ठाउँमा याे भन्दा अगाडि दुईपटक प्रहरी र विप्लव समूह बिच भिडन्त भएको थियाे । साेहि अनुसार प्रहरीले याे ठाउँलाई विशेष निगरानीमा राखेकाे छ। अहिले थप सुरक्षाकर्मी सहित उनीहरुकाे खाेजिकार्यमा लागेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

याे पनि पढनुस्

प्रतिबन्धित विप्लव समूह र प्रहरी बिच दाेहाेराे फायरिङ

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार