पुष ११ राेल्पा – जिल्ला सदरमुकाम लिवाङबाट माडी गाउपालिका ५ सरुवाकाे लागि छुटेकाे लु १ ज १९६८ नम्बरको जीप घर्तिगाउँ नजिकै दुरर्घटना हुँदा ६ जना घाइते भएका छ्न। भने एक जनाकाे मृत्यु भयकाे छ। मृत्यु हुनेमा माडी गाउपालिका ५ काजबाङकी जीवनमाया परियार रहेकि छिन ।

फाेटाे: बुद्धिमान वलीकाे फेसबुकबाट

गम्भीर घाइते भयकि जीवनमायाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल रेउघामा मृत्यु भएको माडि गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगरले बताउनु भएकाे छ।

जीप व्याक गर्ने क्रममा चालकले नियन्त्रण गुमाएको हुन सक्ने अनुमान गरिएको छ। जीप  शहिदमार्गबाट भाबाङ जाने सडकमा खसेकाे वडा अध्यक्ष बुुुढा मगरले जनसहारा संग कुरा गर्दै भन्नुभयो: “आफ्नाे वडा भित्रकाे नागरिकलेे ज्यान गुमाउदा आफू स्तब्ध भएकाे र घाइते प्रति सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।”  जिपमा सबै माडि गाउपालिका ५ का स्थानीयहरु सवार रहेकाे पनि अध्यक्ष बुढा मगरले बताउनु भयाेे ।

 

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार