पुष ९ राेल्पा – गंगादेव गाउपालिका वडा नम्बर ४ कोलोठोके रोल्पामा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीद्वारा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन सम्पन्न भएको छ ।

गाउपालिका स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिमा गाउपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत,वडा नम्बर ४ का अध्यक्ष राम बहादुर वली,नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) रोल्पाका सदस्य नर सिङ राणा ,निम बहादुर डागी,लेखा अधिकृत भरत बस्नेत, योजना शाखा प्रमुख कृष्ण बहादुर घर्ती,आलेप शाखा प्रमुख उदय प्रकाश वली,लेखापाल प्रेम खत्री , कृषि शाखा प्रमुख टिकाराम वली,खा.पा.से.टे साहायक बल बहादुर बस्नेत, वडा सदस्य वीर बहादुर डागी,खरसरा दमाई, ४ नम्बर वडा सचीव धन बहादुर डागी,इप्रका सिमखोलाका प्रमुख पवन सुनार ,शिक्षक,बुद्धिजीवी,आमा समुह स्वास्थ्य कर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै यो आ.व २०७७/०७८ मा ४ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको बताउनु भएको छ । उपाध्यक्ष रिता घर्तिले स्वास्थ्य केन्द्र को सफलताको शुभकामना व्यक्त गर्दै, जनतालाई प्रभावकारि सेवा सुविधा दिन खटाइएका कर्मचारी र सेवा ग्राही जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । वडा नम्बर ४ का अध्यक्ष राम बहादुर वलीले गंगादेवको विकासमा एउटा नयाँ इट्टा थपेको बताउनु भएको छ । उक्त स्वास्थ्य केन्द्रमा २ जना स्वास्थकर्मि खटाएको छ भने स्वास्थ्य सेवा सुरु गरिएको छ । खोप सेवा र प्रसुती सेवा समेत सुचारू गर्ने लक्ष्य लिएको प्रेस संयाेजक अशाेक वली परिवर्तनले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार