पुष ७ प्युठान – जिल्लाको झुलेनी पछिल्लो समय आन्तरीक पर्यटकको केन्द्र बन्नथालेको छ । झुलेनीको विकास र प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा स्थानीय सरकारले चासो देखाएपछि आन्तरीक पर्यटकहरुको सङ्ख्यामा बढ्न थालेको हो ।

जनहितकाे लागि जारी सन्देश

धनन्जयऋषिले बसोबास गरेको मानिने झुलेनी अहिले आन्तरिक पर्यटकको मुख्य केन्द्र बन्दै गएको स्थानीय मधुसुदन भण्डारी बताउँनुहुन्छ । समुद्री सतहदेखि २ हजार १ सय ५० मिटर उचाइमा रहेको झुलेनी प्युठान नगरपालिका ६ र नौबहिनी गाउँपालिका ८ को सिमावर्ती क्षेत्रमापर्छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलादेखि १४ किलोमिटर कच्ची सडकको यात्रापछि झुलेनीपुग्न सकिन्छ। झुलेनीमा झाडी व्यवस्थापन, पैदलमार्ग बनाउने लगाएतका पूर्वाधार निर्माण भएसँगै सामाजिक सञ्जालमा चर्चा भएको थियो । त्यसपछि पर्यटकिय गतिधिविधी बढ्न थालेको आन्तरिक पर्यटक सन्तोष थापा बताउनुहुन्छ ।

झुलेनीमा पहाडलाई नै गोल पार्कका रुपमाविकास गरिएको छ । अरु पूर्वाधार बन्नथाले पनिशौचालयको भने अभाव छ रहेको स्थानीयबिन्दु परियारले बताउनुभयो । झुुलेनीवाट प्यूठानको आधा भुभाग सहित बाग्लुङ, गुल्मी, अर्घाखाँची,दाङ जिल्लाहरु देख्न सकिने त्यहाँ पुगेकाहरु बताउँछन् । सामाजिक सञ्चालमाचर्चा पाएपछिझुुलेनीपुग्ने पर्यटकको सङ्ख्या बढेको बताउनुहुन्छ, पर्यटन प्रवद्धन समितिका सचिव धनेश्वर भण्डारी । पर्यटकको सङ्ख्यामा बढ्न थालेपछि स्थानीयले स्वरोजगार हुने अवसर पनि पाएका छन् ।

झुलेनीमा आर्थिक वर्ष ०७५/७६ मा नेपाल पर्यटन बोर्डको १० लाख प्यूठान नगरपालीकाको ३ लाख र नौबहिनी गाउँपालीका को ५ लाखमा भौतिक संरचनाहरु निर्माण गरिएको छ । प्युठान नगरपालिका ले गुरु योजनाबनाएरै यो क्षेत्रको विकास गरिरहेकोउपप्रमुखशान्ताआचार्यले बताउनुभयो । ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्र झुलेनीको पूर्वाधारको विकाससँगै प्रचार प्रसारमा पनि सम्बन्धितनिकायले पहल गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार