पुस ५ काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गर्दा संविधानका धाराहरू र विभिन्न अभ्यासलाई आधार बनाइएको प्रेस विज्ञप्तिमा उल्लेेेख छ । राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेकी छन्।

संविधानकाे धारा ७६ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिरिषद्को गठन हुनेछ।

धारा ७६ को उपधारा ७ काे उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।

धारा ८५ को उपधारा १ मा यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ।

प्रधानमन्त्री केपि शर्मा वलीले निर्वाचन आयोगका आयुक्तहरुसँग संवाद सुरु गरेकाे प्रे​स सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार