पुस ५ रुकुम पुर्व – चिसाेबाट काेहि मर्न नपराेस भन्ने उद्देश्यले देश व्यापी रुपमा न्यानाे अभियान सुरु गरेकाे हेम एण्ड माया फाउन्डेसनले रुकुम (पूर्व) का अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका २० जनालाई न्यानो कपडा –कम्बल) वितरण गरिएको हो ।

गाउँपालिका भित्र बसोबास गर्ने अति विपन्न परिवारलाई छनोट गरी प्रतिव्यक्ति एकएक वटाको दरले कम्बल वितरण गरिएको हेम एण्ड माया फाउन्डेसन लुम्बिनी प्रदेश कार्यसमिति सदस्य सर्जना कार्कीले जानकारी दिनुभएको छ ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम –पूर्व) मा चिसो अत्याधिक बढेको छ । चिसोको यसै समयलाई मध्यनजर गर्दै हेम एण्ड माया फाउन्डेसनले अति विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । कम्बल पाएपछि विपन्न परिवारका नागरिक खुसी भएका छन् ।

आइतबार एक कार्यक्रमको आयोजना गरी सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबरधन बुढा, कार्यपालिका सदस्य भद्रि थापामार्फत विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । उक्त कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, यूएनएफपीएका जिल्ला संयोजक भुवन सेजुवाल लगाएतको पनि उपस्थिती रहेको थियो ।
याे संगै फाउन्डेसनको न्यानाे अभियान लुम्बिनी प्रदेशमा सम्पन्न भएकाे छ। हेम एण्ड माया फाउन्डेसन लुम्बिनी प्रदेश कार्यसमितिको निर्णय अनुसार प्रदेश अन्तर्गतका पाचवटा जिल्लामा वितरण गर्ने निर्णय गरेकाे थियाे। साेहि अनुसार छनाेटमा रुकुम पुर्व,रुपन्देही,बाँके,प्युठान र अर्घाखाँची थिए। यी सबै जिल्लामा वितरणकाे काम सकिएको हुदा प्रदेश स्तरिय वितरणकाे काम सम्पन्न भएको फाउन्डेसनका प्रदेश संयाेजक नारायण के सीले बताउनु भयाे।

छनाेटमा परेका पाच जिल्लामा सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गरेका सदस्यहरु मार्फत वितरण गरिएको र प्रदेशबाट जिल्लालाई वितरण फाउन्डेसनका सह संयाेजक नमस्कार शाह मार्फत गरियकाे थियाे ।

रुपन्देही
फाउन्डेसनको प्रदेश सदस्य विजया खत्रीकाे नेतृत्वमा जिल्लाकाे राेहिणी गाउपालिका अन्तर्गतका सातवटै वडाका वृद्ध वृद्धा र उहाहरु नै अपांग हुनुभएको यस्तो अवस्थाका २० जनालाई वितरण गरियकाे थियाे । वितरण कार्यक्रममा गाउपालिका उप प्रमुख सिवकन्ति हरिजनकाे उपस्थितिमा भयकाे थियाे । याे गाउपालिका रुपन्देहीकाे दुर्गम क्षेत्र नै मानिने हुदा त्यहा सम्म पुर्‍याउन सहयाेग रुपन्देही बाँस शाखा र राेहिणी गाउपालिकाका कर्मचारीहरुकाे सहकार्यमा सम्पन्न गरिएको थियाे।

बाँके
मनिकापुर नगरपालिका वडा नम्बर २० मा बसाेबबास गर्ने विपन्न परिवारमा रहेका सबै उमेर समुहका अपांग १६ जनालाई वितरण गरिएको थियाे । वितरण कार्यक्रममा हेम एण्ड माया फाउन्डेसन नेपाल लुम्बिनी प्रदेश सह संयाेजक नमस्कार शाह र प्रदेश सचिव माधवी शाहकाे नेतृत्वमा र बाँस बाकेका कर्मचारीहरुकाे सहकार्यमा वितरण गरिएको थियाे।

अर्घाखाँची
जिल्लाकाे मालारानी गाउपालिका वडा नम्बर ३ का विपन्न परिवारलाई वितरण गरिएको थियाे। कार्यक्रम फाउन्डेसनको प्रदेश सदस्य सफलता के सी को संचालन र श्री सुन्दरा आधारभुत विद्यालयका प्र अ श्री सुर्य प्रसाद खनालको सभापतित्व मालारानी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री सोभाखर खनालको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हाे। उक्त पालिकाकाे तथ्यांकअनुसार अति विपन्न परिवारकाे सुचिमा रहेका १२ जना र अति अशक्त अपाङ्गता भएका ३ जना व्यक्तिहरुलाइ वितरण गरिएको थियाे।

प्युठान
प्युठान नगरपालिका वडा नम्बर ७ मा बसाेबबास गर्ने विपन्न परिवारमा रहेका सबै उमेर समुहका व्यक्तिहरुलाई वितरण गरिएको थियाे। वितरण कार्यक्रममा हेम एण्ड माया फाउन्डेसन नेपाल लुम्बिनी प्रदेश प्युठानको समयोजक तथा प्रदेश सदस्य प्रशुजता अधिकारिकाे नेतृत्वमा तथा वडा पालिका परिवारकाे सहकार्यमा वितरण गरिएको थियाे।सबै जिल्ला बाट १/१ वटा प्रतिनिधि मुलक फाेटाेेहरु मात्र लियका छौ। बाकी फाेटाेे सामाजिक संन्जाल फेसबुकमा सम्बन्धित सदस्यहरुले सार्वजनिक गर्नुभएको छ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार