पुस २ दाङ – लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ तुलसीपुर मालपोत कार्यालयका प्रमुख अधिकृत नरेश कुमार खड्का सहित कार्यालयका चार जना कर्मचारी अख्तियारकाे फन्दामा परेका छन। अख्तियारले उनी चार जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको बताएको छ। सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सुचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बारम्बार तुलसीपुर मालपोत विरुद्ध विभिन उजुरी कार्यालयमाा आउन थालेपछि अख्तियारकाे टोलीले अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा योजना बद्द तरिकाले जग्गाधनी प्रमाणपुर्जा नियमानुसार नि:शुल्क गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आए पछि अख्तियारले मुद्दा दायर गरेकाे प्रवक्ता अधिकारीले बताए।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार