पुस १ पर्वत – श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा एक प्रहरी पक्राउ परेका छन। पक्राउ पर्ने प्रहरी वडा प्रहरी कार्यालय बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हाे । उनी याे भन्दा पहिले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रहदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएकाे उनकी श्रीमतीको भनाइ छ।

प्रेम सम्बन्धमै रहदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको थाहा भएपछि उनी दुई बिच विवाह भयाे। विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा पीडित श्रीमतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी छन । घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा झिकिएको छ।

अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पीडित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार