मंसिर २९ काठमाडौ – पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय मोडल रुबिना अधिकारी र चर्चित हास्य टेलिश्रृखला सक्किगाेनीका सागर लम्साल (बले )को अभिनय मा रहेको निकै उत्कृष्ट अहिले सम्मकै राम्रो गीत “भिरमा सेती गाइ” सार्वजनिक भएको छ।

लोकप्रिय गायिका बिष्णु माझी र गायक विरु लामा को आवाजमा रहेको छ भने गितमा लय/शब्द सृर्जना शिव हमालको रहेको छ । गित छोटो समयमै दर्शकहरुको मनजित्न सफल रहेको छ । उक्त गीतमा पछिल्लो समयका चर्चित निर्देशक मौसम हिमालीको उत्कृष्ट निर्देशन देख्न सकिन्छ गीत को म्युजिक भिडियो अहिले सम्मकै फरक फरक लोकेशनमा छायांकन गरिएको भिडियो निर्माण युनिट बताउँछ।

उक्त भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छ्न भने सम्पादन प्रविण भट्टले गरेका हुन। गीत को भिडियोलाई सुरु देखि अन्त्य सम्म नहेरी मनले मान्दैन साथै भिरमा सेती गाईको सम्पूर्ण युनिटलाई जनसहारा अनलाइन परिवारका तर्फबाट लाखौ लाख शुभकामना सहित
पूरा भिडियो हेर्नु होला

 

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार