मंसिर २८ काठमाडौँ — नेपाल आयल निगम कर्पोरेसनले पेट्रोलियम पदार्थको मुल्य साविककाे भन्दा वृद्धि भएको बताएको छ।

निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको हाे। इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार कार्यन्वयन गरिएको जनाएको छ ।

पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार