मंसिर २५ झापा – देेेेेेशभरि आज  लैैैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन भनेर स्थानिय देखि संघ सम्मका सरकारले तामझामका साथ विदाइ गरे । तर उता पुर्व झापामा भने ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ । झापाको अर्जुनधारा निवासी ती वृद्धा आइतबार देखि परिवारकाेे सम्पर्कमा नरहेको खुलेकाे छ। उनकाे मानसिक सन्तुलन ठिक नभएको वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राईका अनुसार ३५ वर्षीय विशाल बिर्जा नाम गरेका व्यक्तिले वृद्धाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । बिर्जा आफैँ आज बिहान ६ बजेतिर शव भेटिएको खबर गर्न चारआली स्थित प्रहरी चौकी पुगे त्यहि समयमै प्रहरीले उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्जाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक राईले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार