मंसिर १५ काठमाडौ – विगत २४ घण्टामा नेपालभरि १,४७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार ९,९११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेकाेे छ भने २९ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३३ हजार नाघेको छ भने मृत्यु हुनेकाे सङ्ख्या १,५०८ रहेको छ। अहिले नेपालभरि १७,४२३ जनामा सक्रिय सङक्रमित छन।

सोमवार सबैभन्दा धेरै काठमाण्डू उपत्यकामा देखियकाे छ। काठमाडौंमा ६१५ जना ललितपुरमा १२५ र भक्तपुरमा ६९ सङ्क्रमित थपिएका छन्। नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र परेेेेेकाे छ भने दक्षिण एशियामा चौथो नम्बरमा छ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार