मंसिर ३ सल्यान – बागचौर नगरपालिका स्थित खरिबाेट नजिकै गुडिरहेको बसबाट खसेर एक जनाको मुत्यु भएको छ । सल्यानको बाफुखोलाबाट दाङको लागी छुटेको ना ५ ख १००१ नम्बरको बसबाट खसेर बागचौर नगरपालिका वडा नं.११ का २१ वर्षिय एकराज खड्काको मृत्यु भएको हाेे।

गुडिरहेको बसमा बान्ता गर्नको लागि ढोका तर्फ जाँदै गर्दा एक्कासी लडेर घाइते खड्कालाई जनप्रिय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अपस्ताल सल्यानमा लिइएको थियाे ।

उनको उपचारको क्रममा आज दिउँसो १ बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएकाे हाे । आवश्यक अनुसन्धानका लागि गाडी र चालकलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हवल्दार बिरेन्द्र कठायतले जनाएका छन

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार