मंसिर १ दाङ – आज भाईटिकाकै दिन सवारी दुर्घटनामा परि दाङमा एक संचारकर्मिकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा दाङकाे तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ वर्षिय मनिषा लामिछाने रहेकि छिन ।

आज दिउसो बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँच एफएम तर्फ आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई तुलसीपुरको गुल्म चोकमा लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक मनिषा का २४ वर्षिय दाजु बिराज लामीछाने पनि घाइते हुनुभएको थियाे । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर लगिएको थियाे। घाइते दाईकाे अवस्था भने सामान्य नै रहेकाे बताइएको छ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । ठक्कर दिने गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक प्रहरीकै सम्पर्कमा रहेक डीएसपी सिंहले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार