कात्तिक २८ क्वालालम्पुर – मलेसियाको सुबाङजाया भन्ने ठाउँमा रहेको भिलेज ग्रोसर (village grocer) सुपरमार्केटमा बिगत ८ वर्षदेखी कार्यरत एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ। याे समाचार मलेसिया स्थित मलाय खबरले लेखेकाे छ।

नेपाल ठेगाना सल्यान त्रिवेणी गाउँपालिका ५ निवासी रुपलाल कवँरको नोभेम्बर १२ तारिख अर्थात कात्तिक २७ हिजाे बिहीबार दिनमा मृत्यु भएको संगै कामगर्ने अर्का एक नेपाली कामदारलेनै मलाया खबरलाई जानकारी गराएका छन

मृतक रुपलाल

बिहीबार बिहान संगै बस्ने सोही मार्केटमा कार्यरत अन्य नेपाली कामदारहरु काममा गएपछि रुपलाल भने काेठामा एक्लै बसिरहेको थिए। केही समय पछिसम्म पनि रुपलाल काममा प्रवेश नगरेपछि साथीहरूले सोधिखोजी गर्न थाले र रुपलालको फोनमा बारम्बार फोन गर्दा समेत फोन नउठेपछि काेठामा फर्केर आएर हेर्दा सुतेकै अवस्थामा मृत फ़ेला परेको बताइएको छ।

जानकारी अनुसार रुपलाल अत्याधिक मदिरा सेवन गर्ने गर्दथे।
मृतक रुपलालको सव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको र शवलाई नेपाल फिर्ता गराउनको लागि कम्पनीले पनि आवश्यक कानुनी,कागजी प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत नेपालीले जानकारी दिएका छन।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार