कात्तिक २५ काठमाडौ – लोकप्रिय हास्य श्रृङ्खला ‘सक्किगोनी’ फेरि प्रसारणमा आउने भएको एक कार्यक्रम मार्फत सक्किगाेनी परिवारले साेमबार घाेषणा गरेकाे छ।

कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका लेखक निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन्। आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट र साेहि दिन राति ९ बजे ओएसआर डिजिटलबाट प्रसारण हुने सबै तयारी गरिएको कट्टेलले बताए।

हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपिटी क्रियसनले निर्माण गर्ने भएको हो। कार्यक्रमको बजारीकरण भने एपप्याड प्रालिलाई अनुबन्ध गरेको टेलिभिजनका लेखक तथा कार्यकारी निर्देशक कट्टेलले जानकारी दिए।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार