कात्तिक २२ सल्यान – शनिवार जीप दुर्घटना हुँदा दाङको तुल्सीपुर बाट रोल्पाको गंगादेव गाउपालिका राककाे लागि छुटेकाे लु १ ज २९११ नम्बरको डबलक्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीकाे भिर नजिकै दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

गाडीमा जम्मा सवार आठ जना रहेकाे र अन्य ५ जना भने सामान्य अवस्था रहेका छन। उकालाे सडक र साघुराे भएकाले जिप नचढेपछि चालकले थाेरै पछाडि गरि उकालाे पार गर्ने खाेज्दा ब्रेक फेल भएर जिप दुुुुुुुुुुर्घटना भएकाे हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिप सडकभन्दा करिब एकसय मिटर तल खाेचमा खसेकाे  र घटनास्थलमा प्रहरीले  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वलीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार