कात्तिक १७ सल्यान – माेटरसाइकल दुर्घटनामा परी सल्यानमा एकजनाकाे मृत्यु भएको छ। लान्ति बाट सल्यान श्रीनगर तर्फ आउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकल लान्ती बजार नजिकै दुर्घटनामा परेकाे थियाे। मृत्यु हुनेमा माेटरसाइकलकाे पछाडि सवार दाङका पूर्ण रेउले रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गम्भीर घाइते भएका रेउलेलाई प्रहरीले तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान पुर्याए लगतै डाक्टरले मृत घोषणा गरेका थिए। चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढाकाे भने अवस्था सामान्य रहेकाे छ ।

मृतक रेउलेकाे स्थायी ठेगाना दाङकाे चिराघाट रहेको र उनी वायरिङको कामको लागी आजै सल्यान आएकाा थिए । दाङ बाट गाडीमा लान्ति सम्म आएका रेउले लान्तिबाट मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ आउँदैगर्दा दुर्घटना भएको हो। अहिले मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार