कात्तिक १७ वीरगन्ज — कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ नेपालमा पनि भारतबाट भित्र्याएइकाे छ। पछिल्लो  समयमा ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।

कोरोना महामारी फैलिएपछि अमेरिकाले समेत भारतबाट ठूलो परिमाणमा यो औषधि लिइसकेकाे छ। विश्व स्वास्थ्य संगठनले भने अझै यो औषधिलाई कोरोना संक्रमितको उपचारमा पूर्ण प्रभावकारी रहेको भनी प्रमाणीकरण गरिसकेको छैन। तर संगठनले यो औषधिलाई संक्रमितको उपचारमा आंशिक मात्र प्रभावकारी रहेको र यसले मृत्युदर घटाउनमा सहयोग गर्छ भन्ने सकारात्मक प्रतिक्रिया दिएको छ ।

अहिलेसम्म निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडेसिभिर औषधि ल्याएका हुन। वीरगन्ज भन्सार कार्यालयकाे तथ्यांकमा अहिलेसम्म ६ हजार भाइल याे नाकाबाट भित्रीएकाे अभिलेख छ। यसको आयात गर्दा ५ प्रतिशत भन्सारबाहेक अन्य कुनै शुल्क नलिएकाे वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहले जानकारी दिए।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार