कात्तिक ७ एजेन्सी – साउदी अरबका राजकुमारको लक्जरी होटेल विश्व अर्बपतिकाे सुचिमा परेका नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विनलाई भ्रष्‍टाचार अभियोगमा लागेकाे हुदा उनी आर्थिक समस्या परेपछि उनले होटल बेचेकाे बुझिएकाे छ ।

उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्। कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएइसकेकाे चौधरी ग्रुपले बताएको छ।

साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकारका अनुसार भ्रष्टाचार लगायत अन्य आरोपमा पक्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गर्ने क्रममा लक्जरी हाेटेल बेच्ने निर्णयमा पुगे। उक्त हाेटेल २.८ अर्ब केन्याली मुद्रामा किनबेच गर्ने सम्झौता भएको हो। यो मुद्रा अनुसार नेपाली करिब ३ अर्ब १९ करोड रुपैयाँ हुन जान्छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार