कात्तिक ३ प्युठान  – स्वर्गद्वारी नगरपालिका ४ प्यूठानमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सहित स्वर्गद्वारी नगरपालिकामा ६ जना नागरिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट् ट्रेसीङ्गको आधारमा ६ जनाको स्वाव संकलन गरि पठाईएको मध्य ६ जनामा नै कोरोना संक्रमण देखिएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य संयोजक दल बहादुर के सी ले जानकारी दिनु भयो ।

कर्मचारी,होटेल व्यवसायी र सोत्रे स्वास्थ्य चौकीका कर्मचारी गरि ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे संयाेजक केसीले बताउनु भयाे।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार