असाेज २९ राेल्पा – स्थानिय तह भएसंगै जिल्लामा सबैभन्दा पहिले र सबैभन्दा जटिल विषयहरुमा विवादित रुप देखाउने पालिकाकाे रुपमा गंगादेव गाउँपालिका परिचित छ। फेरि पटकपटक अध्यक्ष नै विवादमा आउछन।

दुईवटा नागरकिता,पालिकाकाे केन्द्र सार्ने, उपाध्यक्ष माथि कुटपिटको प्रयास र कार्यालयका संरचना ताेडफाेड लगाएत यावत कुराहरुमा सधै जसाे गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री नै विवादमा आए । विवादमा आएपनि सबैतिरबाट उनी दाेषि देखिएनन र उनी स-साना कुरामा पनि धेरैजसो अध्यक्ष कै नामबाट विवाद बाहिर आउँछ। याे क्रम अहिले पनि चलिरहेको छ हिजाेआज भने अध्यक्ष खत्रीलाई ६० वर्षिय वृद्धलाई कुटपिट गरेकाे आराेप लागेकाे छ ।

सामाजिक संजाल फेसबुक मार्फत बाहिरिएको उक्त घटनालाई oli sirjana(वली सिर्जना) नामका फेसबुक प्रयाेगकर्ता लेख्छन:
गंगादेब गाँउपालिका अध्यक्ष बिरबहादुर खत्रीको गैर जिम्मेवार काम के भने नेपाली काग्रेसको गाउकमिटी बैठकमा सहभागी हुन गाउपालिका केन्द्र सुकाओढार आएका वडा नं ५ पाखापानी बस्ने ६० बर्षिय तिलबहादुर खत्रीलाइ मदिरा सेबन गरि आज रातको ९ बजे गाउपालिकाको सुकाओढारमा रहेको संझना होटेलमा कुटपिट गरेका छन । अध्यक्षले पिटदा तिलबहादुर खत्रीको आखा र अनुहारमा च‍ोट लागेको र होटलमा तिलबहादुर खत्री लाई भगाएर बचाए । गाउपालिका अध्यक्षले तिलबहादुर लाई हान्न प्रयोगलागि तयारी गरेको फुटाएको सिसाले आफ्नो खुट्टा काटे। (हामीले जस्ताे छ उस्तै साभार गरेका छौँ)

याे संगै त्यसपछि विशेषगरी यस पालिका भित्रका र अन्य विभिन्न ठाउँँका फेसबुक प्रयाेगकर्ताले अनेक व्याङग्यात्मक शैलीमा चर्काे आलोचना गरिरहेका छन।

गाउँपालिकाले याे विषय प्रती ध्यानाकर्षण भएको भन्दै सामाजिक संजाल फेसबुकमा प्रेस विज्ञप्ति मार्फत उक्त घटनाकाे खण्डन गरेकाे छ। (हामीले प्रेस विज्ञप्ति पनि जस्तो छ उस्तै साभार गरेका छौँ)

प्रेस बिज्ञप्ति
मिति-२०७७/०६/२९

आदरणिय जनसमुदाय

गंगादेव गाउकार्यपालिकाको मिति २०७७ असोज २३ गतेको बैठकले पाखापानी प्रहरी चौकीलाई वडा नम्बर ४ र ५ को सेन्टर स्यालाखोलामा सार्ने निर्णय गरेको छ। सोही निर्णय बमोजिम साबिक पाखापानी गा.बि स को कार्यालयको लागि निर्माण गरिएको र हाल प्रयोग विहिन अवस्थामा रहेको भवनमा प्रहरी चौकी सार्ने तयारी भएको छ ।

यहि विषयलाइ लिएर हिजो मिति २०७७ असोज २८ गते बेलुका ६:३० बजे गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्री सङ सिमखोलामा रहेको प्रहरी चौकी सार्ने अधिकार कस्ले दियो भन्दै गंगादेव गाँउपालिका वडा नं ५ सिमखोला बस्ने तिलबहादुर खत्रीले बिबाद सिर्जना गरेका थिए। त्यही विषयमा गाउपालिका अध्यक्ष र निज तिल बहादुर खत्री बिच सामान्य धरपकड भएको थियो । सोहि क्रममा तिलबहादुर खत्रीले खाली बियरको बोत्तलले गाउपालिका अध्यक्षको खुट्टामा प्रहार गरेको र सिसाले गाँउपालिका अध्यक्ष ज्यु को खुट्टामा घाउ चोट लागेको छ।

गाउपालिका अध्यक्ष वीरबहादुर खत्रीलाई बदनाम गर्ने उदेश्यले निज तिलबहादुर खत्रीले मदिरा सेवन गरेर कुटपिट गरेको भनी सामाजिक संजालमा प्रचार गरेको प्रती गंगादेव गाँउपालिका अध्यक्ष स्वयम र सचिवालयको समेत गम्भिर ध्यानाकर्षण भएको छ। व्यक्तिगत मनमुटाव कारण अध्यक्ष माथी भनसुन भएको, सामान्य धरपकडमा संलग्न भएको सामान्य घाटनालाइ अतिरञ्जित गर्ने मनसायले राजनीतिकरण नगर्न अनुरोध गर्दछौ । गाँउपालिका केन्द्रमा भएको सामान्य विवादको घटनालाई सामाजिक संजालमा अतिरन्जित गरिएको विषयप्रति भ्रममा कोही भ्रममा नपर्न सबै गाउपालिका बासी, पत्रकार, सञ्चारकर्मी सबैमा अपिल गर्दछौ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार