असाेज २३ राेल्पा – त्रिवेणी गाउँपालिका राेल्पाले बिहिवार मा.वि.बिद्यालयहरुकाे अनुगमन गरेकाे छ।

काेराेना भाईरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले गर्दा बिद्यालयहरुमा अनाैपचारीक रुपमा पठनपाठन भएपनि अैापचारीक रुपमा भने असाेज ४ गतेबाट गाउँपालिकाका सम्पूर्ण बिद्यालयहरुकाे पठनपाठन शुरु गरिएको हाे। पठनपाठन शुरु भए पछि काेभिड १९ ले बिद्यालयहरुमा पारेकाे प्रभावकाे अबस्था र शैक्षिक गुणस्तर बढाउनकाे लागि अनुगमन गरिएको हाे।

अनुगमन कार्यक्रममा प्रशासन अधिकृत हेमराज उपाध्याय ,कानुनी शाखा प्रमुख प्रेम प्रकाश घर्ती मगर, प्रा.श लिला घर्ती, साहायक महिला निरीक्षक हिरा बुढा , प्रेस संयाेजक प्रतिज्ञा मगरकाे सहभागीता रहेकाे थियाे ।

लामाे समयकाे बन्दाबन्दीले गर्दा बिद्यालयहरुमा परेकाे असर र धेरैजसो बालबालिका पढाईबाट बाहिर रहदा विभिन्न खालका समस्या पैदाभएकाेले गर्दा यस पालिकामा समाजिक दुरी कायम गरेर शिक्षण सिकाई भकाे छकि छैन भनेर काेराेनाकाे कहरकाे बिचमा पनि अनुगमन गरिएकाे प्रा.श लिला घर्ती मगरले बताउनु भयाे

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार