असाेज २२ सल्यान – महिला सामुदायिक लघुवित्त बित्तीय संस्था लिमिटेड बागचाैर शाखा ले समुहमा आवद्ध किसानहरुलाइ उन्नत जात मानिने बोयर बाेका, कृषि औजाार लसुन अनुदान स्वरुप उपलब्ध गराएको छ।

संस्थागत ग्राहक संरक्षण कोषमा जम्मा भएको रकमलाई व्यवसाय प्रर्बद्वन गर्नको लागि उद्यम विकास कार्यक्रम अन्तर्गत किसानलाई बिहिबार बोयर जातको बोका एक वटा, वितरण गरिएको छ, यस्तै ३ क्वीन्टल ८५ के. जि लसुनको वीउ सहित कृषि क्षेत्रका लागि टेवा पुर्याउने उद्देश्यले ५ वटा स्प्रे ट्याङ्की र २ वटा माेटर पनि वितरण गरिएको छ र यस अनुदानबाट १०० जना घरपरिवारले लाभ प्राप्त गर्ने छन ।

कार्यक्रममा बागचाैर नगरपालिका उप-प्रमुख कल्पना पुनले यस प्रकारको कार्यक्रमले गाउँमै केही गर्नुपर्छ भन्ने जोश, हौसला प्रदान गर्ने विशवास ब्यक्त गर्नु भएकाे छ । त्यस्तै वडा नं २ का वडा अध्यक्ष ले लघुबित्तकाे नमुना काम भनी प्रसंसा गर्नु भएकाे थियाे। संस्थाले आफ्ना सदस्यहरुका लागि २ लाख लाख ४५ हजार ९ सय रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको हो। संस्थाका नायब प्रबन्धक प्रबिन कुमार बि सी काे अध्यक्षता र सुचना प्रबिधी अधिकृत माेहलाल भण्डारी काे स्वागत मन्तब्य बाट सुरु भएकाे उक्त कार्यक्रममा पत्रकार तथा सल्यान अनलाइन खबरका संञ्चालक तथा सम्पादक दिपक शर्मा र कृषि कार्यालय प्रमुख ,पशु सेवाकेन्द्रका प्रमुख समेतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम जिल्ला संयाेजक गगण याेगीले गर्नु भएकाे थियाे। ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार