असाेज १८ नवलपरासी — पूर्वी नवलपरासीको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो ।

तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । प्रहरीले लुटेराकाे खाेजी भइरहेको बताएको छ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार