असाेज १४ कपिलवस्तु – कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध अफिम प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार छड्के चेक जाँचका क्रममा मंगलबार राति कार्यालय अगाडीबाट लु १ ह १५७ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा साढेसात किलाे अफिम सहित रोल्पाको परिवर्तन गाउँपालिका १ कुरेलीकि ४९ वर्षीया सीता रोका र कपिलवस्तुको शिवराज नगरपालिका ५ का अटो चालक सुशील क्षेत्रीलाई नियन्त्रणमा लिएक हाे।

प्रहरी अनुसन्धान अनुसार ब्राउन सुगर बनाउन प्रयोग हुने अफिम नेपालमा उत्पादन नहुने भएकाले अन्य देशबाट ल्याइएको हुनु पर्छ। यहाबाट पनि भारत तिर ओसारपसारका लागि ल्यायकाे वा नेपालगन्ज नाका हुँदै कपिलवस्तु भारतबाट भित्र्याएकाे भए यतैकतै बिक्रीकाे ल्यायकाे हुनसक्छ। यसमा अन्य लागूऔषधकाे ठुलै गिराेह पनि जाेडिएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ। यस अघि पनि ३७ किलाे चरेस प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार