असाेज ९ जाजरकोट – ढुङ्गा प्रहारबाट जाजरकोटमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुई युवाबिच आपसी बिवाद हुदाँ कुशे गाउँपालिका–२ टालेगाउँका २२ बर्षिय अर्जुन सिंहले प्रहार गरेको ढुङ्गा लागेर २१ बर्षिय झलक सिंहको मृत्यु भएको हो ।

बिहिबार राति ९ बजे भएको विवादमा दायाँ कन्चटमा ढुङ्गा लागेर गम्भिर घाइते भएका सिंहलाई उपचारको लागि राति नै छेडागाडको बडावन पुर्याइएको थियो । उनको उपचार बडावनमा सम्भव नभएपछि जिल्ला अस्पताल जाजरकोट ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ढुङ्गा प्रहार गर्ने युवक फरार रहेको र खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार