बालापनलाइ ओझेल पारी जिम्मेवारी र समझदारीको टुसा पलाइ सकेको मेरो पुस्ता अहिले फुल्न फल्न सुरु गर्दैछ । परिवार गाउँ समाज र राष्ट्रको आशाको धरोहर नै मेरो पुस्ता हो । वृद्धा अवस्थामा रहेका बुवा आमा र बाल्य अवस्थामा रहेका भाइबहिनीले जिम्मेवारी मेरो पुस्तालाइ सुम्पिदै छ । जिम्मेवारिलाइ स्विकार्न आटिएको मेरो पुस्ताले अवस्य नयाँ सोच लक्ष्य उदेश्यको कल्पना गरि कर्तव्यनिष्ठ हुनेछ ।

परिवर्तनको दौडानमा रहेको यो पुस्ता राजनीतिक प्रशासनिक वैदेशिक रोजगार व्यापार व्यवसाय कृषि उत्पादन औद्योगिक उत्पादन जस्ता विभिन्न पेशामा अस्तव्यस्त रहेको छ भने केहि प्रतिशत लागुपदार्थको सेवनमा लठ्ठीएका छ्न केही धूम्रपान र मध्यपानमा मातिएका र केही चोरी,डकैती,हत्या,हिंसा बलात्कार जस्ता सामाजिक अपराधमा होमिएका छ्न ।

पछिल्लो तथ्यांक हेर्दा यो पुस्तामा लागुपदार्थ दुर्वेशनी धूम्रपान मध्यपान जस्ता सामाजिक अपराध बडदो रहेको छ । यस्ता नकारात्मक क्रियाकलाप कसरी नियन्त्रण गरि परिवर्तनको आश राख्न सकिएला ? आउदो पुस्तालाइ कसरी सुरक्षित राख्न यो सामाजिक चुनौतीको बिषय हो।

दुर्वेशनी लगाएत सामाजिक अपराधमा रहेको मेरो पुस्तालाई सुधार्न नैतिक शिक्षा सुधार गृह सन्देशमुलक कार्यक्रम अन्तरक्रियात्मक गोष्ठीमा सहभागिता गराइ सकारात्मक नयाँ सोचको बिकास उर्जाशिल बनाउन सके आउदो पुस्तामा यसको असर नियन्त्रण हुने थियो । हरेक नकारात्मक क्रियाकलापलाई निरुत्साहन गर्दै नैतिक शिक्षा व्यावहारिक ज्ञान असल संगतको प्रतिफल मेरो पुस्ताले उजागर गरि आत्मीयत सामाजिक सद्दभाव र सबै प्रकारको बिभेदको अन्त्य गर्दै सभ्य र समतामूलक समाजको निर्माण गरि सबल र समृद्ध राष्ट्रको निर्माणमा मेरो पुस्ता कहि कतै रुमालिने छैन । विज्ञान र प्रबिधिको बिकासको सङघारमा उभिएको मेरो पुस्ताले आधुनिकरण व्यावसायिककरण बिबिधिकरण र यान्त्रिकरण प्रयोग वा उपयोग गरि आउदो पुस्तालाइ दिगो र प्रबिधिमैत्री विकासको हस्तान्तरण गर्न सकोस ।

लेखक अर्जुन वली त्रिवेणी १० रुकुम पश्चिम निवासी हुन ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार