आश्विन ७ ओखलढुंगा – केही दिन यता बैंकहरुमा नै गभर्नरकाे हस्ताक्षर नभएका नेपाली नाेटहरु भेटिन थालेका छन । यस्तै ओखलढुंगाकाे मोलुङ गाउँपालिकामा रहेकाे सनराइज बैंककाेे शाखामा  गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम  गत आइतबार देखि यस्ता नोट फेला पर्न थालेका हुन्‌ ।

सनराइज बैंक शाखा कार्यालय ओखलढुंगाका शाखा प्रबन्धक खेमराज राना मगरका अनुसार बैंकले कारोबार गर्ने क्रममा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद पाँच सय दरका नोटहरू आइतबार २ थान, सोमबार ३ थान र मंगलबार ८ थान फेला पारेको बताए ।

स्थानीय व्यापारीहरूले बैंकमा पैसा जम्मा गर्ने क्रममा फेला परेका शंकास्पद नोटहरू ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र सिभिल बैंकबाट सिल भएर आएका बन्डलहरूमा भेटिएको प्रबन्धक मगरले बताए ।

भेटिएका शंकास्पद नोटहरूमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर मात्रै नभएको पाइएको छ । ती नोटहरूमा हुनु पर्ने सबै मापदण्डहरू रहेकाले शंकास्पद नोटहरू नक्कली नै हुन भनेर एकीन गर्न नसकिने शाखा प्रबन्धक मगरको भनाई छ ।
ती नोटहरू सक्कली हुन् या नक्कली हुन भनी पहिचान गर्न नेपाल राष्ट्र बैंकमा पठाउने र पहिचान गरिसकेपछि मात्रै ती एकीन हुने बैंक शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार