आश्विन ५ प्युठान – जिल्ला अस्पताल प्युठानमा एक सुत्केरीको अत्यधिक रक्त श्राबका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गाउपालिका २ राेल्पाकि २५ वर्षिय नेत्रि सिंह रहेकाे बताएको छ । सुत्केरी सिंहकाे आज बिहान करिब ७:१५ बजे तिर मृत्यु भएकाेे अस्पताल स्राेतले बताएकाेे छ ।

सिंहलाई सुत्केरी ब्यथा लागेपछि आईतबार प्युठान अस्पतालमा ल्याईएको थियो । बच्चा सकुशल जन्मिएको र आज बिहान रक्त श्राव लागातार अत्याधिक मात्रामा भई आमाको मृत्यु भएको अस्पतालका स्वास्थ कर्मिकाे भनाइ छ । विभिन्न रक्त दाताहरुले उनलाई बचाउनको लागि रगत दिदा दिदै पनि सुत्केरी महिलालाई बचाउन नसकिएको स्वास्थ कर्मि बताउछन ।

अहिले बच्चाकाे अवस्था सामान्य रहेकाे बताइएको छ । बच्चालाई बुटवल रिफर गरिएकोछ । भने आमाको शव प्युठान अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार