भाद्र ३० राेल्पा – त्रिवेणी गाउपालिकामा दुई जना बालबालिकालाई काेराेना पाेजेटिभ देखिएको छ ।

साेमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर जाँचमा राेल्पाकाे त्रिवेणी गाउपालिकाका १२ वर्षकाे बालक र १३ महिनाकाे बालिकालाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भयकाे हाे । उनी दुबै बालबालिका एउटै गाउका रहेकाे बताइएको छ ।

आफ्नो पालिका भित्र एकैसाथ दुई बालबालिकामा काेराेना संक्रमण देखिय पछि गाउपालिका अध्यक्ष शान्त कुमार वलीले संक्रमित बालबालिकाका परिवारहरुलाई र गाउँलेहरुलाई सचेत र सुरक्षित रुपमा आफनै घर बस्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार