भाद्र २४ राेल्पा – जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुखहरूको विदाई तथा स्वागत कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । हिजो(मंगलवार) सरुवा भई जानु भएका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक चित्र बहादुर गुरूङलाई बिदाई गरिएको हो भने सरुवा भई कार्यालय प्रमुखको रुपमा नया आउनु भएका प्रहरी नायब उपरिक्षक नरेश राज सुवेदी लाई स्वागत गरिएको हो ।

उहाहरू दुबैजनाको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको निर्णयानुसार गत भदौ १५ गते एकैसाथ सरुवा भएको थियो । जसअनुसार सरुवा भई जानुभएका प्रहरी प्रमुख गुरुंङको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवन सरुवा भएको छ भने नया आउनु भएका प्रहरी प्रमुख सुवेदी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय काठमान्डौ बाट जि.प्र.का रोल्पा सरुवा भएको हो । सो अवसरमा १ बर्षे कार्यकाल पुरा गरी विदाई हुनु भएका प्रहरी प्रमुख गुरूङले आफु रहदा सम्म सबै तह तप्कावाट राम्रो सहयोग र सहकार्य गर्ने अवसर मिलेका कारण आफ्नो कार्यकाल सफल रहेको भन्दै सबैलाई धन्यवाद समेत दिनुभएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै नया कार्यालय प्रमुखको रुपमा बाेल्दै प्रहरी प्रमुख सुवेदीले प्रहरी संगठन नया सोच र पद्दती बाट अगाडी बढेको बताउदै आफुले पनि सोहि अनुसार काम गर्ने बताउनु भयो । उहाले मातहत प्रहरी कर्मचारीहरूलाई अनुशासीत ढंगले कर्तव्यनिष्ठ भएर काम गर्न समेत निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार