भाद्र २३ काठमाडौ – पछिल्लो समय सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छन । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने क्रममा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाए संगै कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै बिच केहि समय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोशन परियारको संगितमा “हासो संगै आँसु” बोलको नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । चर्चित गायक गायिका पुर्णकला बिसी , अर्जुन सापकोटा , बिक्रम क्षेत्रिको आवाजमा रहेको गितमा अमितबाबु रोकायको शब्द रहेको छ , भने रोशन परियारको संगित रहेको छ ।

श्रीमतीले छाडेर गएपछि पिठ्युँमा छोरा बोक्दै राजधानीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् । भाइरल व्यक्तिलाई भिडियोमा देखाउन पाइन्छ भन्ने निर्माताहरुलाई राम्रैसँग थाहा छ । त्यसैले त यतिबेला अर्जुनको व्यस्तता ह्वात्तै बढेको छ ।

मेसना म्युजिकको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियो विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको र गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार अञ्जलि अधिकारी अर्जुन बिक निशा राइको अभिनय देख्न सकिन्छ ।

गितकाे भिडियो हेर्न तलकाे लिङकमा क्लिक गर्नुहाेला ।

https://www.youtube.com/redirect?event=video

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार