भाद्र २१ राेल्पा –  जिल्लामा धेरै जसाे विवादमा तानिने स्थानीय तहकाे नामले चिनिन थालेकाे गंगादेवमा फेरि अर्काे विषय चुलिएको छ । यस पालिकामा सामान्य निर्णयहरु पनि व्यापक रुपमा विवादमा तानिने गर्छ । अहिले पालिकाकाे कर्मचारी समायोजनमा पनि विवाद खेप्नु परेकाे देखिन्छ ।

गाँउपालिका अध्यक्ष वीर बहादुर खत्रीले स्थानीय सेवा आयोगबाट पद पूर्तिमा आएका स्थायी इन्जिनियर नवीन डाँगीलाई हटाइ गाँउपालिकाबाट करारमा राखिएका ओभरसियर रमेश डाँगीलाई प्राविधिक प्रमुखको जिम्मेवारी दिएका छन् । अध्यक्षकाे निर्देशनमा काम नगरेकाे,आफुखुशि काम गरेकाे भन्दै नवीन डागीलाई हटाइएको बताइएको छ ।

यहि विषयलाई लियर अहिले सामाजिक संजालमा विभिन्न टिकाटिप्णी भईरहेका छन । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले पनि सामाजिक संजाल फेसबुकमा यहि विषयलाई लियर स्टाटस समेत लेखेका छन। उनी लेख्छन्– रोल्पा जिल्लाको गंगादेव गाँउपालिका अध्यक्षले जे पायो त्यो गर्न भनेको मनोमानी नमानेको कारणले स्थाइ इन्जिनियर नवीन डाँगीलाइ प्राविधिक प्रमुखबाट हटाएर ओभरसियर प्राविधिक प्रमुख बनाएका छन ।

अहिले याे विषय मात्र हाेइन गंगादेव गाउपालिकामा समय समयमा यस्ता विवादित काम भइरहेका छन । यस अघि नि.प्रशासकीय अधिकृत बनाउदा पनि स्वास्थ्य सेवाका शाखा प्रमुख सक्कलदेव यादवलाई ल्याएका थिय । उक्त समयमा पनि बाहिर केही विवाद आयपनि पालिका भित्र सहमति जस्तै देखियाे यादवलाई वरिष्ठताकाे आधारमा छनाेट गरिएको गाउपालिकाकाे भनाइ थियाे ।

सक्कलदेव यादव विवादमा आउनुकाे कारण भने उनि स्वास्थ्य शाखा प्रमुख रहँदा प्रयोग मिति सकिएका र मुल्यमा टिपेक्स लगाएर संस्थामा वितरण गर्ने गरेको भेटिएपछि सबुत सहित मुद्दा दाएर समेत भएको थियो ।

उता हामीले गाउपालिकामा बुझन खाेज्दा अध्यक्ष संग सम्पर्क हुन नसक्दा प्रेस संयाेजकलाई साेध्दा आफू जानकार नभयकाे बताउछन भने सुचना अधिकारी विवाद के कुरामा हाेर किन हटाइएको नवीन डागीलाई त्याे आफुलाई थाहा नभयकाे र अहिले शाखा प्रमुखकाे रुपमा रमेश डागी कार्यरत रहेकाे बताउँछन् ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार