भाद्र ११ राेल्पा – गंगादेव गाउपालिका रोल्पाको मुख्य सडकको रुपमा रहेकाे सुख्खाओढार,झाक्रिसल्ला,झ्याम सडक खण्ड सुचारु भएको छ । भदौ ३ गते देखि लगातार तिन दिन परेको भारी बर्षाले उक्त सडकमा अत्याधिक क्षती पुर्‍याएका कारण सडक अबरुद्ध भएको थियो ।

उक्त सडकको मर्मतको लागि अवलोकन र प्राबिधिक स्टामेट तयारीको लागि गंगादेव गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जलेश कुमार केसी र प्राबिधिक शाखा प्रमुख रमेश डागी लगाएत प्राबिधिक टोलिलाइ खटाए सङगै गाउपालिकाको र व्यक्तिगत गरेर २ वडा डोजर लगाएर सडक मर्मतको काम थालनी गरिएको थियोे ।

सडक मर्मतको काम सकिए पछि प्राबिधिक शाखा प्रमुख रमेश डागी लगाएतको टोलिले काम सम्पन्न मुल्यांकन गरेेेेेेेको छ । गाउपालिकालाइ दाङ्सग जोड्ने याे मुख्य सडक हाे । पहिलो चरणमा सबै पालिकाहरुलाई जाेडने सडकहरु मर्मत गर्ने गाउपालिकाकाे याेजना छ । सबै वडाका सम्बन्धित वडा अध्यक्षलाई स्टामेट तयार गरि मर्मत कार्य सुरु गर्न गाउपालिकाले निर्देशन दिइसकेको गाउपालिका प्रेस संयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार