भाद्र ८ राेल्पा – जिल्लाकाे गंगादेव गाउपालिकाले वर्षाका कारण अबरुद्ध भएका सडक मर्मत कार्य सुरु गरेेको  छ । वर्षाद सुरु भय संगै बिग्रियका सडकहरुमा केही दिन अघि आयकाे अविरल वर्षाले गाउँपालिकाको अधिकाशं ठाउका सडकमा पहिरोले ठूलो क्षती पुर्याएको हुदा गाउपालिका र वडा जोड्ने मुख्य सडक पहिलो चरणमा मर्मत गरिने र मुख्य सडकहरुकाे मर्मत कार्य सम्पन्न भएपछि भित्री ग्रामीण सडकहरु पनि मर्मत गरिने गंगादेव गाउँपालिकाका अध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिनु भएको छ ।

वडा नम्बर ४ को म्वालेखोला, वडा नं. ५ को लोदचवर भाङगा चवर र वडा नं. २ को सानडाडा, सुख्खा ओडार अन्तर्गतका सडककाे प्राबिधिक स्टमेट गरि पहिराे पन्छाएर बालुवा गिट्टी बिच्छाई काम सम्पन्न गरी सडक सुचारु गरिएको छ । गाउँपालिकाकाे मुख्य सडककाे रुपमा रहेकाे सल्यान दाङ सङ्ग जोड्ने सुख्खाओडार, झाक्रिसल्ला, झ्याम सडक खण्डमा पहिरोले धेरै क्षती पुर्याएको छ । उक्त सडकको अवलोकन र प्राबिधिक स्टमेटको लागि वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसी, गाँउपालिका प्राबिधिक शाखा प्रमुख रमेश डागी लगाएतको टोलिलाइ गाउपालिकाले खटाएको छ । यस्तै वडा नम्बर ७ ,६ र १ वडालाई जोड्ने सडकमा सम्बन्धित वडाका प्राबिधिकलाई स्टमेट गर्न गाउपालिकाले निर्देशन गरेको गंगादेव गाउपालिका प्रेस संयोजक अशोक वली जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार