भाद्र ३ राेल्पा – त्रिबेणी गाउँपालिका ५ जुगार जिउला रोल्पामा बालबालिकाहरुले घरको पालिमा झिम्रि पोल्ने क्रममा जङग बहादुर बिक को घरमा आगलागी भएको छ ।आगलागीबाट घर पुर्णरुपमा जलेको छ भने मानवीय र पशुचौपाएमा क्षति नभए पनि खाद्यान्न र घरभित्र रहेका सामान जलेर झन्डै १ लाख बराबर को क्षती भएको छ । आगलागी नियन्त्रणका लागि त्रिवेणी गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष , गाउपालिकाका कर्मचारी र स्थानीयको सक्रियता मा आगो नियन्त्रणमा आएको छ । आगलागीको बारेमा प्रहरीलाई खबर गरिसकेको गाउपालिका स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार