भाद्र ३ राेल्पा – जिल्लाकाे  त्रिवेणी गाउपालिकाले आफनाे पालिका भित्र रहेका महिलाले संचालन गरेका सहकारी संस्थाको अनुगमन गरेको छ । गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण इकाईको आयोजनामा वडा नम्बर ५ मा रहेको सिद्धपोखरी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र शिव शान्ती महिला विकास समितिको अनुगमन गरिएको हो ।

महिलाले संचालन गरेका सहकारीको अनुगमन कार्यक्रममा निमित्त प्रशाकिय अधिकृत हेमराज उपाध्याय, वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर केसी, प्रशासन सहायक प्रेमप्रकास पुन मगर , सहायक महिला विकास निरिक्षक हिरा बुढा, कृषि विकास शाखाका प्रमुख थम्मन बुढामगर लगायतको टोलिले अनुगमन गरेको हो ।

अनुगमन कार्यक्रममा सिद्धपोखरी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट १२ महिला र शिवशान्ती महिला विकासबाट १९ जना महिलाहरुको सहभागीता रहेको गाउँपालिकाका प्रेस संयोजक प्रतिज्ञा बुढामगरले जानकारी दिनुभयो ।

अनुगमनपछि सहायक महिला विकास निरिक्षक हिरा बुढाले महिलाहरुको विकासमा त्रिवेणी ५ का महिला सहकारी संस्था र समितिले खेलेको भूमिका प्रशंसनिय भएको बताउनुभयो । सहकारीको संस्थाको व्यवस्तापनलाई थप चुस्त बनाउनका लागि अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । त्यस अवसरमा कोरोनाको संकटको समयमा नागरिकको दैनिक जीवनमा आइपर्ने समस्याका विषयमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरुले बताएका थिए ,

कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर केसीले अनुगमन टोलिले दिएका सल्लाह सुझावहरुलाई संस्था समितिका महिलाहरुले सकारात्मक रुपमा ग्रहन गर्ने , आफ्ना कृयाकलापलाई अझ महिला विकास प्रभावकारी रुपमा गर्र्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका निमित्त प्रशाकिय अधिकृत हेमराज उपाध्याय अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार