भाद्र १ प्युठान – करेन्टमा परेर एक जनाको मृत्यु भएको छ ।
बदेल मार्ने भनि आफ्नै बारीमा थापेको करेन्टमा परी ऐरावति गाउँपालिका–२ उखारीकी ६० वर्षिय पिमा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

शवलाइ पोष्ट मार्टम पछि परिवार जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार