भाद्र १ काठमाडौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ सय ८१ जना काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताएअनुसार साेमबार देशभरबाट १ सय ६० संक्रमित डिस्चार्ज भएका छन्।

आज देशभरि ५ सय ८१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो।

आज उपत्यकामा १ सय ६८ जना संक्रमित देखिएका छन्। जसमध्ये काठमाडौंमा १ सय ९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

यसैगरी आज देशभरि तीन जनाकाे मृत्यु भयकाे छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङमा ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार