श्रावण २९ सुर्खेत  –  कर्णाली प्रदेशकाे राजधानी विरेन्द्रनगरमा पनि निषेधाज्ञा गरिने भयकाे छ । पाँच दिन वीरेन्द्रनगर नगरपालिका  प्रवेशमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आज विहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाँच दिन वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रको चार किल्ला तोक्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हाे ।

जिल्ला प्रशासन कार्यालयकाे निषेधाज्ञा सम्बन्धि सार्वजनिक सुचना 

२०७७ भदौ १ गतेदेखी लागू हुने गरि भदौं ५ गते राती १२ बजेसम्म सुर्खेत वीरेन्द्रनगरमा निषेधाज्ञा हुने भएको हो । वीरेन्द्रनगर बजार क्षेत्रमा कोरोना संक्रमण फैलिन थालेपछि उच्च सतर्कता अपनाउँदै निषेधाज्ञाको घोषणा गरिएको छ । सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेधज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण जन्य काम बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।

वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको प्रजिअ रेग्मीले बताए । सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । मुख्यगरी सुर्खेत भित्रने बबई, कुइने, कालिमाटी काल्चेबाट सुर्खेत भित्रनेहरुले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै आउन दिने प्रजिअ रेग्मीले बताउनु भयकाे सुर्खेतबाट पत्रकार लक्ष्य बहादुर सुनारले ‘जनसहारा’लाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार