श्रावण २२ काठमाडौ – बेचविखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचविखन अनुसन्धान ब्युरो र भारत स्थित नेपाली दुतावास समेतको सहयोगमाा उनलाई पक्राउ गरियकाे हाे । उनले विभिन्न प्रलोभनमा पारी चार जना महिलालाई भारतमा बेचविखन गरी फरार भयका थिय ।

ब्यूरोका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा १ स्थायी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा ३ बस्नेत गाउँमा बस्ने ४६ वर्षीय याङ लाल लामा भनिने ह्यांग लाल तामाङ रहेका छन।

पक्राउ व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान गरी कारवाही गरिने ब्युराे प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए। उनका अनुसार उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडाैं जिल्लाबाट ४ जना नेपाली महिलाहरुलाई विभिन्न मितिमा कुवेतमा घरायसी काममा लगाइदिने,राम्रो तलब पाइन्छ भनि प्रलोभनमा  पारी राहदानी बनाइदिने लगायत मेडिकल चेकजाँच समेतका कागजातहरु निजले नै तयार गरी जाहेरवालाहरुलाई नेपालबाट २०७३ साल चैत्र महिनामा विरगञ्जको नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखिएको थियो।

महिलाहरुको उद्धार गरी २०७४ जेठ महिनामा काठमाडौं ल्याई माइती नेपाल केन्द्रमा राखी मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ। घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा ब्यूरो खटिएको टोलीले २०७७ श्रावण १९ गते उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार