श्रावण २० राेल्पा – कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले पटक पकट अनिबार्य रुपमा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गर्न गराउन गरेको निर्णयलाई पूर्ण रुपमा लागु गराउन रोल्पामा प्रहरीले कडाई गर्न थालेको छ । सरकाले चैत्र १२ गते देखी शुरू गरेको लकडाउन अबधीभर लकडाउनलाई कार्यान्वयन गर्न बिभिन्न प्रचारात्मक कार्यक्रम गरेको रोल्पा प्रहरीले पछिल्लो समय मास्क प्रयोग नगर्ने ब्यक्तीहरूलाई कारबाही नै शुरू गरेको हो ।

मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने तथा अनावश्यक भिड गर्नेहरूलाई प्रचलित कानून वमोजिम कारबाही गर्न गराउन भनि नेपाल सरकार गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको गत असार २२ गतेको निर्णयानुसार रोल्पा प्रहरीले यस अघि विभिन्न चेतनामूलक कार्यक्रम गरिसकेको जि.प्र.का रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । उहाले जि.प्र.का तथा मातहतका अन्य प्रहरी कार्यालयहरूले समेत अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने तथा अनावश्यक भिड नगर्ने सम्वन्धी माईकिङ तथा चेतनामूलक र्‍याली निकाली पटक पकट कार्यक्रम गरिसकेको बताउनुभयो ।

पहिलो चरणमा जानकारी, अनुरोध तथा सचेतनामूलक कार्यक्रम गर्दा पनि मानिसहरूले अटेर गरी मास्क प्रयोग नगरी जथाभावी हिडडुल गर्न थालेपछी गृह मन्त्रालयकै साउन ११ गतेको निर्णायानुसार अहिले कार्वाहिनै अगाडी बढाईएको छ । स्वास्थ्य सुरक्षाको निमय पालना नगर्नेलाई संक्रामक रोग ऐन-२०२० अनुसार अटेर गरी मास्क नलगाउनेलाई पहिलो पटक १००।- रुपैया जरिवाना तथा १ महिना कैद तथा सम्झाई बुझाई गर्दा काममा बाधा पुर्‍यानेलाई ६००।- रुपैया जरिवाना तथा ६ महिना कैद वा दुवै सजायको ब्यबस्था रहेको छ ।

सोहि नियम अनुसार सोमबार मात्रै ३६ जना मास्क नलगाउनेहरूलाई गरिएको जरिवाना बाट ३६००।- संकलन भएको छ भने आज (मंगलबार )४७ जना मास्क नलगाउनेहरूलाई कार्वाहि स्वरुप गरिएको जरिवाना बाट ४७००।- राजश्व संकलन भएको छ । यसरी कार्वाहि गर्दा अहिले बजारमा मास्क लगाउनेहरूको संख्या बढ्दै गएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार