श्रावण १९  प्युठान – खेतमा धान गोडमेल गरेर मल राख्न ठिक्क परेका कृषक यतिबेला युरियाको मल नपाउँदा चिन्तित बनेका छन् । जिल्लाका प्राय,सवै ठाउँमा धान रोपाई सकिएर धान गोडमेल सँगै युरिया राख्ने बेला मलको अभाव हुँदा किसानहरु चिन्तित बनेका हुन् ।

नौबहिनी गाउँपालिका-६ चित्चौरका मधुुसुदन केसीले धान खेतमा गोडमेल गरेर मल राख्न ठिक्क पारेको अवस्थामा मल नपाइएको गुनासो गर्नुभयो । ‘खेतमा धान गोडेर मल हाल्न ठिक्क बनाएको छु “। उहाँले भन्नुभयो तर बजारमा युरिया नपाइएको गुनासो गर्नु भएको छ ।

सलह किराले मकैबालीहरु नष्ट गरेर चिन्तित बनेका किसान धानखेतीका लागि युरिया नहुँदा पुन: निराश भएका छन् । पछिल्लो समय खेतमा गाईबस्तुको मलभन्दा रासायनिक मलको प्रयोग धेरै गर्ने गरिएको छ । अहिले युरिया मल चाहिने बेला हो केसीले भन्नुभयो नौबहिनीमा युरिया मल नै छैन ।

जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा र साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवाबाट इजाजत प्राप्त दश वटा सहकारीले मल आयात गर्दै आयका थिय । याे साल भने उता भैरहवाका दुवै ठाउँमा अहिले युरिया मल नहुँदा जिल्लामा मल आयात हुन नसक्दा अभाव भयकाे हाे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका निमित्त प्रमुख सुमन खनालले भन्नुभयो “थोरै मात्र मल छ तर माग धेरै छ कम मात्रामा मल हुदा समस्या भएको हो ।”जिल्लामा आर्थिक वर्ष ०७६/०७७ मा ८३९ मेट्रिकटन मल सिफारिस गरिएकोमा ७५९ मेट्रिकटन मात्र खरिद भयकाे तथ्याङ्ममा छ । यो वर्ष १६६३ मेट्रिकटन मलको माग रहेको खनालले जानकारी दिनुभयो । ‘अहिले जिल्लामा युरिया मल करिब ३/४ मेट्रिकटन मात्र स्ट्रक रहेकाे तर यति धेरै मागअनुसार पुग्ने सम्भावना नै छैन खनालले बताउनु भयो ।

हरेक वर्ष सम्बन्धित निकायले समयमै ध्यान नदिदा किसानहरुले यस्तो मर्का भाेग्दै आयका छन । याे वर्ष भने काेराेनाले जनजिवन अस्तव्यस्त भयकाे हुदा पनि प्रत्यक्ष असर परेकाे देखिन्छ । प्युठान मात्र नभयर देशका अधिकांश ठाउका यस्ताे अवस्था देखियकाे छ ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार